उडेका परेवा समाएर मै’ले खोरमा पुर्याएको हुँ
केही बाघले घाँसखाए अनि सिकारी खटाएको हुँ
जीवन आखिर के हो चिन्न खोज्दैथिए प्रयोगशाला
एकै थोपा पानी खसाइ तातोकराई देखाएको हुँ
शान्त थियो पुरै सागर भिजेका’थे बालुवाहरु
के के भयो क्षणभरमा केहीपल निदाएको हुँ
अन्तिम कथा पढ्दैगर्दा छेउको पातो खोजिरह्यौं
रमेश मार्ने म नै थिएँ पाना मै’ले चुँडाएको हुँ
२०१४-११- २०
(स्रोत : Shabdahar )