~कुमार के.सी.~
भोली जीन्दगी,कता जान्छ भनेर रुन्थीन उनी!
पराईले लाने,कसम खान्छ भनेर रुन्थीन उनी!
बिबस छोरीको जीन्दगी पराई घरमा जानैपर्ने
के थाहा भोली,कस्ले लान्छ भनेर रुन्थीन उनी!
मलाई माया गर्ने तिमी बर्षौसम्म प्रदेश हुदा
मेरो यो मनले,कसरी मान्छ भनेर रुन्थीन उनी!
तिमीलाई सम्झीदै बर्षौसम्म पर्खिबस्नेछु म
तिम्लेछाडे प्राण,कसले धान्छ भनेर रुन्थीन उनी!
हुर्केबढेकी छोरी म कुरा काट्दा यो समाजले
पिडाले छुरा, मुटुमै हान्छ भनेर रुन्थीन उनी!!
कुमार के.सी.
नरपानी-5 जगत
अर्घाखाँची
(स्रोत : Gulmiaawaj )