दशै आयो तिहार आयो
गाउँ घरको झल्को आयो नि
रूदै होलिन् मेरी आमा
परदेशमा रोए म पनि
कानमा जमरा निधारमा टिका
पोहोर साल लाएको
माइतीलाई सम्झी बहिनीले
तिहारमा डाकेको
कुर्दै होलिन् मेरी प्यारी
फर्केर आउला घर भनी
लालाबाला बाबा भन्दै
तस्बिर छुदै होला नि
दशै आयो …
टाढाको आफन्त भेटघाट
जुराउछ दशैले
चेली माइती मधुर मिलन
गराउछ तिहारले
छाती पोल्यो मन दुख्यो
यसपालि एक्लो भए नि
अर्को साल फर्की आउछु
रम्नेछु पहिले जस्तै नि
दशै आयो…
शब्द रचना: प्रकाश स्याङ्बो
(स्रोत : Prakash Syangbo’s Blog)