म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है
म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है…
जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है
मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है
सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है
(स्रोत : Sandesh GC’s Blog )