~सुरेन्द्र रजौरा~
अतितका क्षणहरुको
शिवालोकन गर्दै
कमी कम्जोरहरुलाई
विचारका डस्टरले मेट्दै
समयको अनावश्यक
भेलबाडीबाट आफूलाईल बचाउदै
उज्यालो भविष्यको खोजीमा
डौडिरहेको छु,
म
पशुपति, स्वयम्भु
सगरमाथा र
लुम्विनिको सन्देश
विश्वलाई बाड्न
दौडिरहेको म
आज
दिग्भ्रमित झै भएको छु
वर्तमान समयका चोटहरुले
मेरो जीवनको उकाली
ओरालीहरु
अनि
मेरा भविश्यका
रेखा चित्रहरु तहसनहस
भएका छन्
कति त हिड्दा हिड्दै
छचल्कीएर पोखिएका छन् भने
कति त च्यातिएर
धुजा धुजा भएका छन्
तैपनि
भरपर्दो विश्रामस्थल
मैले पाएको छैन
भुई छाडेको दिन
सगरमाथा ढल्छ रे!
स्रोत सुकेका दिन
महासागर सुक्छ रे !
त्यसैले
म भित्रको स्रोत
म सुक्न दिने छैन
अन्याय र अत्याचार
युद्घ र रक्तपातको
राहुले मेरो देशरुपी सूर्यलाई
जतिसुकै दुःख दिए पनि
मेरो देश
प्रसव वेदनाबाट शान्त भएपछि
आफ्नो श्रृजनालाई हेरेर
हर्षविभोर भएकी आमा झै
सुनौलो उज्यालो सहित
लोभ लाग्दो अतीतमा झै
मुस्काउने छ
यहि आशामा म
मिहिनेतपूर्वक कठिन
दैनिकि पुरा गरी रहेछु
आश्थाको बाध
भत्कन नदिन वर्तमान
समयको रापले
पिल्सिएका मेरा
भावनालाई उज्यालो भविश्यको
विश्वासको मलमपट्टी गरिरहेछु। ।
(स्रोत : Nepalpati)