युगको ढुकढुकी तिमी
नब्बे डिग्री भई उभिएर
भूमध्य रेखाको बाटो भएर
तिमीले हिद्द्नै पर्छ,
भुकम्प र सुनामीले
तिम्रो बाटो छेकिने छैन
भुवंरीले तिम्रो दिशा
परिवर्तन हुनेछैन
कटौँरीको महको मात
तिमीलाई लाग्ने छैन
ऊनीउँ झै स्पोर छर्दै
पप्पी फूल झैं रातो रंगमा
आरु जस्तै ढक्मकाउनै पर्छ।
हाम्रो आँगनमा
घनघोर चुकको
बर्षात भैरहेकोछ
जमिन नहेरी कुद्ने
रिले दौडको कू/खेलाडीलाई
सुषुम्ना झैँ मिलाउनलाई
तिमीभित्रको ज्योती बाली
प्रकाश दिनैपर्छ।
कम्जोर प्राणी तिमी
तिम्रो सानो दिमागमा
अनेकौं बहुमूल्य
हिरा-मोती-पन्नाको
भण्डार छ
यो ब्रम्हाण्डलाई नियाल्ने
शुक्ष्मदर्शिता छ
तिम्रो भावना र चिन्तनको
सम्भोगले शब्द/हरु गर्भवती भै
सुपुत्र/त्री जन्मिनेछन्
युगको ढुकढुकी तिमी
ज्योती बनेर प्रज्वलित हुनै पर्छ।।
-रीता राई
(स्रोत : Rita Rai’s Blog )