~दलबहादुर बस्नेत~
बाहिर हेर्दा सोझो सोझो भित्र चाँही जाली हुन्छ
सिकायो राम्रो कुरो, उस्लाई चाँही गाली हुन्छ।
आँफूलाई सलमान शाहारुख ठानेर
गाँउ घरमा ठूलो ठाली हुन्छ।
फुर्सदमा पढ्ने ध्यान भए पो उस्को
कापीमा प्रश्न सार्छ उत्तर चाँही खाली हुन्छ।
हुन पनि किन नहोस आलु रिजल्ट
हमेशा दिमागमा त उस्को काली हुन्छ।
(स्रोत : Nepalpati)