उ थकित भ्एर आउँथ्यो र मेरो मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडिबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि तस्बेला प्रेमिका र मात्रित्व दुवै भावमा एकैपटक खनिएर आउँथी र एकोहोरो उसको शिरलाई सुम्सुमै रह्न्थिए। उ अबोध बालक सारी मेरो उसको आमा को काखमा सुतेको झैँ निश्चित भएर मेरो काखको कुर्ताको फेरमा सुत्थ्यो । मलाई पनि उसको भाव र समर्पण देखेर माया लागेर आउथियो र उसलाई एकैपल्ट हिर्दयमा लुकाउझै लाग्थ्यो । समय ले कोल्टे फेरेको छ । आज उ इराकमा छ । इराक्मा अमेरिककन सैनिक को लागि काम गर्छ। हरेक पल डर र त्रास म बाच्छ । उसले भन्छ यो सब मलाई पाउनको लागि हो रे । म पनि उसको शब्द मा गर्व गर्थिए र सुगन्ध को सास फेर्थिए । उसले हप्ताको एक्फेर मलाई इमेल गर्छ र दुई तीन पटक नबुझिने फोन गर्छ ।
हामी दुबइ जन शन्केर देव क्याम्पस म एम बि एस सँगै पद्थियो । पहिलो दिन मा नै हामी दुबइ जन सँगै बसेऊ र क्लास सिदिदा हामी दुबइ जन साथी भएउ। तेस्पची हामीहरू सँगै साथमा धरैबेर हराउन थालेऊ। बिस्तारै फिल्म हेर्न र घुम्न पनि जान थालेऊ उ किर्तिपुरमा साथीहरू सँग बस्थियो, उसको वास्तवइका घर रामेछाप थियो । मेरो घर बनेशोर थियो। यु हेर्दा मा सोझो र राम्रो थियो। हाँसी रह्थियो र एक्कोहोरो बोलिरह्न्तियो । मेरो लागि जे काम पनि गरिदिन्थ्यो । बिस्तारो यु मेरो आबस्कता जस्तो लाग्न थाल्यो । हुँदा हुँदा हामी थाहानै नपाईकन साथी बाट प्रेमी बनिसकेछौ । एक दिन उसले प्रेम प्रस्ताव राख्यो र मैले स्वैकर पनि गरी।
उ इराक जाने अघल्लो दिन हमै सँगै थिए। उ त्यसदिन सारै भाबुक भ्एको थियो र म पनि भाबुक नै भएकी थियो । किन किन त्यसदिन मुटुको एक तुक्रा चुटिएर जाँदै छ कि जस्तो लागेको थियो । त्सदिन उसले मेरो हात समाउँदै भनेको थियो – ” हाम्रो अमर संसार लाई चादी रग पोत्न सक्ने भएपचै म फर्केर आउँछु। तिम्रो यो सुन्दर रूप, सुकोमल शरीर साथै अथा प्रेम को शुभकामना लिएर विदेशी भूमिमा जादैछु । मलाई पर्खि बस है ।” मैले उसको शब्द सँगै आँसु झरेको थिए ।
आज उसको इमेल पढै इमेल सारी भावुक थियो लेखेको थियो- मलाई माया गर्ने प्रेमिका म तिमीलाई हरेक पल सम्झैरहने छु । विदेश को भूमिमा गाली र लात्ती खाई खाई हाम्रो लागि दुई चार पैसा कमाउन सङ्घर्ष गर्दै छु । अब त बाच्ने आस पनि हराउन लगिसक्यो । यहाँ दिनहुँ आत्माघाती बम विस्फोट हुन्छ र अन्ध धुन्ध रकेट लन्चेर चढिन्छ । एउटा फिलिपिन्सी साथी आज डरले मर्यो । आज यहाँ ठुलो बम बिस्फोटन भयो । हाम्रो कम्प को अगाडि । सहियो जन एकै ठाउँमा ठरै भए । तीन जन अमेरिकन सैनिक पनि मरे । म आज डरले कमी कमी तिमीलाई इमेल लेख्दै छु।
म आज आधा भएको छु । कहिले काहीँ त सोच्छु । यो डरसँग बाच्नु भन्दा आठमहत्य गरेर मरु झैँ लाग्छ । फेरी तिमीलाई सम्झन्छु । घर परिवार सम्झन्छु । बुवा र आमाको मलिन र निर्दोष अनुहार र आसिवाद लाई सम्झेछु । यहिनै मेरो बच्ने सहारा भएको छ ।
तिमीलाई यादै होला आज मेरो जन्मदिन हो । आजको दिन मेरो कोठामा हामीसँगै थिएऔ। त्सबेलामा मैले आकाशमात भनेको थिए-” तिम्रो लागि हिमालयको फदीबाट सुनगाभा टिपेर लाउने छु र तिम्रो कपालमा सिउरिदिने छु ।
तिमीले पनि दङ पर्दै भनेकी थियौ “त्यौ सुनगाभालाई म चुल्ठोमा लगाउँछु र मन मुटुमा सजाउँछु ।” बितेका एक वर्ष मेरो अगाडि सम्झना भएर उभिएको छन् । के गर्ने नेपालमा बसेर तिम्रो चोखो मायामा रम्दै आमा बुवाको संसारमा पाइला टेक्ने मन थियो । तर दुनियाँ शक्ति र पैसा मा बिक्दो रहेछ । नेपालमा काम नपाएपची पढाइलाई पनि बिचैमा छाडेर बिदेशिये । सोछेको छु आफैले कमाएको पैसा ले एउटा घर बनाउँछु र तिमीलाई एउटा सुन्दर घरबाट आर्को सुन्धारा घरमा सार्न सक्ने भएपछ मात्र म नेपाल फर्कन्छु । त्यस्पची तिमीलाई विवहाँ गर्छु र नेपालमानै बसेर म सानो तिनो काम गर्छु । पढाइलाई पनि पुरा गर्छु । बुवा आमलाई काठमाडौँ बोलाउँछु र उहाहरुलाई माथिलो फ्लेटमा राख्छु र हमै हरू तलो फ्लेटमा बस्नेछौ ।
आज उसको इमेल पढेपछ मैले घण्टौँ सोछे । आफ्नो सुन्ये र आधारो मन सम्झेर आत्मागाल्नी भयो । अन्त्यमा पक्षताप गर्दै आफ्नो विवशता लेखे “तिमी गएपची मैले एक युग बाचिसके । तिमी कल्पना पनि गर्न सक्दैनौ मेरो बिबस्तालाई वा भनौ मेरो बाधतालाई । मैले तिमीलाई हल्का किसिमले लिये वा तिमीसँग बिताएका पल्हरुलाई जवानीका जोश सम्जिये वा म वतासिये प्रश्न को जवाफ छैन । मात्र यती थाहा छ कि म तिमीबाट टाडिदै छु । बडो काठइन सँग यो भन्दै छु कि यही हप्ता मेरो विवहाँ छ । आमा बुवाले चनिडिएको केटा सँग । केटा नेपाली हो तर एमेरिकमा बस्छ । सक्छु भने मलाई माफ घर । मलाई थाहा छ । तिमी यो इमेल पढएपची मसँग रिसाउने छाउ तर आफूले आफैलाई दरो पनि बनाउने छाउ । किन्भने तिमीसँग सिङो जीवन बाँकी छ । म आज देखी यो इमेल पर्योग गर्दिन र मोबाइल नम्बर पनि रोकिदिनेछु । किनभने अब म कसैको हुन जाँदै छु । तिमीलाई यो कुर वताउकी नवताउ भनेर मैले घण्टाउ सोछे तर अन्तिममा बताउने निर्नये गरे किनभने म तिमीलाई थप भर्ममा राख्नन चाहन । आज म सारै कठोर भएको छु । करण म तिमीलाई प्रेम गर्थे तर तेयो मेरो प्रेम आमा बुबाको कर र अमेरिका जाने सपनाको करणले टुतेउ । यही इमेल मार्फत मसँगै थोरी भएको तिम्रो यादलाई पनि परिस्थितिको आचनोमा राखेर भबिसेको खुकुरीले रेट्दै बिदा माग्दै छु । यहाँ भन्दा अगाडी बोल्न वा लेख्न मसँग शब्द पनि छैन । मलाई माफ गर ।
समी
(स्रोत : मधुपर्क २०६५ मंसीर)