मेरा गाँउमा भोली मेला , अनन्त्या पुनिमा ।
अब कैले हेर्न पाँउला , पर्देशी जुनिमा । ।
बुढाकोट रमाईलो डाँडा , खापरमाण्डौ चौर ।
मन पन एकुल्याई गयो , यै बिराना ठौर । ।
गाँउगाँउ है पर्गल्ला आउन्ना , दाईना दमाउँ बज्दै ।
धामिको धमेउलै होला , रातो तुल मा सज्दै । ।
खापरमाण्डौ खापर देउता , ध्वजा फिर्कायाको ।
अनन्त्याको मेला हेर्न , यो मन तिर्खायाको । ।
गाँउ घरका दाजु भाईना , राम हेर्नु रमाईलो ।
बुढाकोट को रुपस्या डाँडो , होइजाला घमाईलो । ।
चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाइ धनगढी , हाल – मुम्बई बाट ।
(स्रोत : फेसबूक देउडा समाज)