केहि त बद्लिएको छैन
सिवाय मौषमहरु
आँखाभरि, भरि
तिम्रो संझनासँगै
लहरै उभिएका छन्
म्यापलका नांगा रुखहरु ।
यो हिउँद
म तिमीलाई संझिरहेछु…………..
सेताम्य !
ढक्क जमिएको हिउँ
कठोर एवं चिसो
ठ्याक्कै! तिम्रै मनजस्तो ।
केहि त बद्लिएको छैन
सिवाय मौषमहरु
एकटुक्रा हिउँदे बादल
लोभलाग्दो!
सुन्दर सपनाजस्तै।
तर
आँखामा रित्तिएको
तिम्रो भावहरु देखेर
त्यो सपनाको कुनै अर्थ रहेन अव।
निश्चय नै,
केहि त बद्लिएको छैन
सिवाय मौषमहरु
झर्छन्
पलाउँछन
म्यापलका नांगा रुखहरु ।
अनुत्तरित एउटै प्रश्न-
किन बदल्न सकेनन्?
तिम्रो संझनाहरुलाई
यतिका समयान्तरलमा पनि
यो मन
यो समयले ।
लारा राइ / यु.के
(स्रोत : Milankosansar)