शार्दूलविक्रीडित छन्द
निर्मानै लि पिता प्रभात प्रहरै,
रातै चिरी झुल्कियो।
सामुन्द्री तट उस्ण वाफ तपले,
धर्ती यसै मौलियो।
सन्तानै सब हुन् पिता म भनि लौ ,
गाँठो कसी कम्मर।
अय्या आथु सहेर सौम्य शिलले ,
कर्मै बुझी सुन्दर।
बाबाको ममता स्वरुप चित्रमा।
खोजेर पाइन्न त्यो।
गोरेटो तट सम्म त्यो सगरको।
खोजेर भेटिन्न त्यो।
भावैको नजरले बुझी नबुज्ने।
माया पिताको कति ?
सामुन्द्री तट गहिराई नाप्न यसको ,
साह्रो छ त्येती जति।
उन्कै नाम सिउरियेछ जगमा,
पैचान संगै रह्यॊ।
बाबा आखिर नाम संग तिमरो ,
मेरो चिनारी भयो।
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
सामुन्द्री तट हुनु पर्ने मा समुन्द्री हुन् गएको मा सच्याई पद्नु होला।
बिक्रम ज्यू,
माथि कवितामा “सामुन्द्री तट” भनी सच्याएका छौं ।
साहित्य संग्रहालय
सामुन्द्री हुनु पर्ने मा समुन्द्री हुन् गएको मा सच्याई पद्नु होला