माया बसेको बेलामा फूल जस्तै कोमल थियौ,
बदलियौ अहिले, बज्र भन्दा पनि कठोर भयौ ।।
त्यो ओठको मुस्कान मह जस्तै गुलियो थियो,
जलायौ चिनो, बिष भन्दा पनि तिक्त भयौ ।।
वासनादार अतर जस्तै यो बोली मिठो थियो,
सराप्यौ अहिले, छुरा भन्दा पनि तिखो भयौ ।।
हर मोडमा साथ दिन्थ्यौ, सुख शान्ति थियो,
उजाड बनायौ, आगो भन्दा पनि तातो भयौ ।।
गाढा प्रेम थियो, देउता जस्तै व्यवहार थियो,
मुटुनै चिथोर्यौ, राक्षस भन्दा पनि क्रुर भयौ ।।
– Onic Agyat, Kathmandu
– २०७२-६-१५ (2015, October 2)
– Jiwan Yatrama – मेरा भावनाहरु (Facebook Page)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )