लाएजति माया आफ्नो हुँदैन
चाहेजति सबै प्राप्त हुँदैन,
जीवनलाई जताबाट नियाले पनि
मृत्युभन्दा अर्को सत्य हुँदैन |
बाँचुन्जेल,
सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ
सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ
तर उसलाई यो हेक्का रहेन कि-
“बाँच्नका लागि पनि हाँस्न जान्नु पर्छ
हाँस्नका लागि प्रिती गाँस्न जान्नु पर्छ
उक्लनका लागि,
जित्नका लागि
‘सत्यमेवजयते’ मै सत्कर्मको रंग घोल्नुपर्छ
बाहिरी आँखाहरु भन्दा चेतनाको ढोका खोल्नुपर्छ |”
र नै दुखि भैरह्यो ऊ सधैंभरी !!
चाहना हुन्छ सबैको,
आकाश झैं बिशाल हृदय होस्, धर्ति झैं सहनशील मन होस्
निश्छल, कोमल पवित्रता, जीवनमा आफ्नो-पन होस्
तर उसलाई यो पर्वाह भएन कि-
“आफु भित्रै खुम्चिनु आकाश होइन
जोरि खोज्न तम्सिनु धर्ति होइन
दुखहरु पच्नुपर्छ
खुशी आफै रच्नुपर्छ
कागतीको बोटमा सुन्तला फल लाग्दैन
छल-कपट र अहमतामा खुशी पनि जाग्दैन ”
र नै भौंतारिरह्यो ऊ सधैंभरि !!
त्यसैले,
आफ्नो कर्म र कारणबाट, अरुको चित्त खिन्न नहोस्
बांच्ने धर्ती आकाश एउटै, सोचाई यसमा भिन्न नहोस् ।
यसैमा छ सुखशान्ति यही नै हो असल कर्म
जिन्दगीलाई उजिल्याउने यही नै हो परमधर्म ।
(स्रोत : रचनाकारको फसबुकबाट सभार )