अनौठो छ बानि मेरो हारमै रमाइदिए
अचानो भै खुकुरीको मारमै रमाइदिए!!
तरिरहे अनबरत संघर्शका खोलाहरु
जंघार हरु आए जंघारमै रमाइदिए!!
जबर्जस्ती रहरमाथि रेटिदैछ छुरा यहा
हाशी हाशि ,म, छुराको धारमै रमाइदिए!!
स्वतन्त्र भै बाँच्न यहाँ अनुमती चाहिन्छरे
निश्चित घेराभित्र छेक बारमै रमाइदिए!!
दु:ख सुख एक अर्काको परिपुरक मान्दै
पसिनाको कमाई दुई चार मै रमाइदिए!!
(स्रोत : Shabdahar )