1.आमा
तिमी भए जादिनँ धाम
आमा हो ईस्वरको नाम
यो सँसार नै देखाउने
गरेर आफ्नो शुभकाम
तिमी होउ स्वर्गिक धाम
हर जन्म तिम्रो सलाम ।
2.भुईचालो
बैशाख बाह्रको भुईचालो
हुरीसित गर्दै आलोपालो
के एक झट्का दिई दिउसै
समायो हजारौँको कठालो
त्यो बिनासकारी भुईचालो
इतिहाँसमा दिन भो कालो ।
3.राहत
ए सरकार ! तिम्रो राहत
क-कसले पाए नि देहात
भुकम्प र हावाहूरीभरी
सबै भएकाथे है आहत
जन्तालाई दिने त्यो राहत
भरेउ साँशदको चाहत ।
4. ठूली
तिम्रो यादमा बाँच्दैछु ठूली
हेरी त्यो नाकको सुन फूली
यो मुग्लानमा बोल्दै हाँस्दैछु
तिम्रो लागि यो सँसार भूली
दाबी छ तिमी मेरै हौ ठूली
आयो यो मुहार झन खुली ।
उर्लाबारी-4/253, मोरङ
………हाल, मलाया……..
(स्रोत : दिलिप राईको फेस्बुकबाट)