खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्
अचानोमा बसिरहे ठुला ठुला प्रहार हुन्छन्
बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो
म उभिए के भयो र ! अघी जाने हजार हुन्छन्
सोच्नु पर्छ कै’ले कहीँ के के भए कहाँ कहाँ
कुनै याद इतिहास बताउन तयार हुन्छन्
हरेक चिजको गुण हुन्छ नजलाउनु क्वै निशानी
च्यातिएका चिठ्ठीपनी बाँच्नलाई आधार हुन्छन्
मेघ जस्तै गर्जिएका शेर बन्दा गजलको
अतितका पाना बाट धेरै शब्द साभार हुन्छन्
2012.08.11
(स्रोत : Shabdahar )