बिरक्तिएर गली-कुच्चीमा, ईश्वर खोज्दै हिंडे,
खोज्दै गले तै पनि थाकिन, ईश्वर खोज्दै हिंडे,
मठमन्दिर भित्रका अचल मुर्तिहरुलाई सोधेर हेरे,
बाटो भरि देखिन कतै फर्किदा, ईश्वर खोज्दै हिंडे,
धार्मिक मेलाको भिडमा, रमझम बस्तीमा पसेर हेरे,
आँखा तिखारे, देखिन वरिपरि, ईश्वर खोज्दै हिंडे,
भोज भतेर अनि थुप्रै भब्य पार्टीहरु माँझ बसेर हेरे,
सबै मुहारहरु चहार्दै गए, पाईन, ईश्वर खोज्दै हिंडे,
गिता, कुरान, बाइबल, अरु थुप्रै ग्रन्थहरु पढी हेरे,
सिद्धान्त, ठुला कुरा सिके, भेटिन, ईश्वर खोज्दै हिंडे,
छेउमै बेदानाले छटपटिरहेको छिमेकीमा पस्न बिर्से,
अपाङ भोका नाङामा आँखा अडेन, ईश्वर खोज्दै हिंडे,
– Onic Agyat, Kathmandu
– २०७२-६-१७ (2015, October 4)
– Jiwan Yatrama – मेरा भावनाहरु (Facebook Page) बाट
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट र ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )