हिउं फूलने हांगाभरी सप्तरंगी फूल फ़ूल्दा
नांगो देखने हांगाभरी पलुवाको मुना लाग्दा
पालुवा संगै पलाए म फूल संगै फूलें
सबै कुरा बिर्सिएर भामरा झैं भूलें |
हिउं जम्ने पेटिहरुमा म्याराथुनका धावाकहरू
हिउं जम्ने चार्ल्स नदिमा डुंगाहरुका लस्करहरु
यो आँखाले देखे सम्म हेरौ हेरौ लाग्ने
लोभी मनको भंडारभरी सांचौ सांचौ लाग्ने ||
चिर्बिर गर्ने चरिहरू हांगा हांगा नुंगी खेल्दा
चिसो चिसो हावा सरिर भित्र सिर्सिर गर्दा
मनको खुसी आकशिन्छ,खुसी भित्रै भौतरिन्छ
यौबन संगै बैसाउने भंगेरा झैं हुन्छ |||
निलो आकाश परिलो घाम धरतिमा पर्दा
छाहरीको छायाँ भित्र मिठो बिस्राम गर्दा
भित्र जाने मनै छैन उतै भूलूँ भूलूँ लाग्छ
यती मिठो बसंतको आनंद्लाई सांचौ सांचौ लाग्छ ||||
मिलन गुरुंग / बोस्टन अमेरिका
(स्रोत : Milankosansar)