अलिकति चेत लिएर हिंड्नु छ
नजलेका बत्तीहरु जलाउनु छ
नहिंडिएका बाटाहरु हिंड्दा
कसैले छाडा बनाउँछ,
तर निरन्तरता छ—
मनभरि उज्यालो लिएर हिंडेपछि
दायांबायांतिर जूनकिरि नउडे पनि
सहयात्राका ल्याम्पपोस्ट नबले पनि
सहअस्तित्वका स्वरहरु नघन्किए पनि
यात्रा न हो
चाँडो या ढिलो
गन्तव्य निश्चित छ—
निश्चित छ गन्तव्य
एक मुठी भुताहा घरहरुमा आगो झोस्नु छ
संसारै ढाक्ने झुपडीहरुमा उज्यालो भर्नु छ
भोलि उज्यालो होस् या नहोस्
मनभरि उज्यालो लिएर हिंडेपछि
अवश्य नै धर्ती उज्यालो हुनेछ . . .
राम प्रसाद प्रसाईं
कालीखोला २ (तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
(स्रोत : Dreamlandnepal)