प्रधानमन्त्रीको मुर्ति ठडाएर , देश बन्छ र सरकार ?
देशलाइ खाडलमा गढाएर , देश बन्छ र सरकार ?
सुन्दैछु सुर्खेतमा गोली चल्यो रे अखण्ड माग्दा
जन्तालाइ बलि चढाएर , देश बन्छ र सरकार ?
जातीय राज्य भागबन्डा गरे हिजो राजनीति गर्न
गरिबलाइ आपसमा लडाएर, देश बन्छ र सरकार ?
आज नेपाली आमा रुदैछन कपुत तिम्लाइ धिकार्दै
राष्ट्रिय सम्पती डढाएर , देश बन्छ र सरकार ?
एम ए पढेको प्रमाणपत्र बिक्दैन आज देशमा
खाडीमा निर्दोष जन्ता सढाएर, देश बन्छ र सरकार ?
घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल
(स्रोत : Kabita Yatra – Facebook Page)