“म एक्लो छु”
वाक्य या अवस्था
संकेत या जनाउ
जानकारी या गुनासो
हरेक ओठमा लिपीएका छन्
कैद छन्
अगाडीको दर्पणमा
जस्ले
राम्रो “म” मात्र देखाउँछ
मन टाँसिएको छ
ऐनामा
या ऐना
मनमा टाँसिएको छ
चमत्कारी ऐना !
मन अनुसारको दृश्य देखाईदिन्छ
चाहना अनुसारको
परिदृश्य उपलव्ध गराईदिन्छ
सत्य र झुठ बिचको
पारदर्शी ऐनामा
सिम्रीक र कालो पोताईले
पारी सुन्य छ
उजाड छ
स्वार्थि छ
वारी मात्र
सचेतता छ
सत्य छ
समय
मुट्ठीको बालुवा झैं
बिस्तार खस्कँदो छ
औंलाहरु प्रयत्नरत छन्
कण कणलाई अँट्ठ्याउन
बिचरो !
मृगतृष्णा
कहिल्यै कतै अडेको छ र !
कोही कसैको कैदमा ?
चीसो बालुवाको घर
कतिन्जेल टिक्छ र
घामको नि डर
पानीको नि डर
किनारमा
बालुकाको घर बनाएर
नभत्कियोस भन्दै
हेरी रहन
अभ्यस्त छ मान्छे
सदियौं देखिको
उपक्रम
यथावत चल्दैछ
यथावत चल्दैछ |
July 24, 2012
(स्रोत : SamaShree’s Blog )