हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे
ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे
सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि
भन्नलाई त भन्छन् तर भित्र-भित्रै फुट्छन मान्छे
जीव हिंसा व्यभिचार मनमा पाप कती-कती
फेरिपनि धार्मिक बनी चार-धाम पुग्छन् मान्छे
जात -धर्म, भाषा-भेषमा समाजलाइ बँड्नेहरु
लौन ! बताउ स्वाभिमानमा किन आँफै चुक्छन् मान्छे
दीन दु:खी माथि दया मानव धर्म मान्छु म त
ढुङ्गा नपुज्ने नास्तिक लौ‘अनु‘ भनी थुक्छन् मान्छे
अनुकुल प्रकाश, चितवन
plz_welcome077@yahoo.com
(स्रोत : Anukul Prakash’s Blog)