उनको मन छुन सकेन या मेरो मन छुन सकेन
धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन
उनले आफ्नै कुरा गरिन् , मैले मेरै कुरा गरें
उनले थोरै द्वन्द थपिन् , मैले बाँकी पुरा गरें
आखिरी त्यो कुराकानी त्यती मिठो हुन सकेन
धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन
अवशेष पिरतीको , रै`छ क्यारे ! बदलियौं
धन्य यत्ती कुरा मिल्यो , फेरि भेटी कुरा गरौँ
धोउँला नि बाँकी मैलो ,यो भेटले जो धुन सकेन
धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन
उनको मन छुन सकेन या मेरो मन छुन सकेन
धेरै पछि भेट्दा पनि खुशीमा आँखा रुन सकेन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )