सुकुटीमा , भट्ट चिउरा , अलि कति , मिसाइदेऊ ।
थोरै हाँस , थोरै मस्क , अलि कति , रिसाइदेऊ ।
कति जिएँ , कहरसित , नमेटिने , रहरसित ।
निभाउनुछ , तृष्णा सारा , पिउँदै आगो , जहरसित ।।
तिम्रा पनि , व्यथा होलान् , अलि कति , बिसाइदेऊ ।
थोरै हाँस , थोरै मस्क ,
अलि कति , रिसाइदेऊ ।।
नटुङ्गिने , रातहरू , बेहोसीका , साथहरू ।
बल्झाउँदै , तड्पाउँछन् , निर्मोहीका , यादहरू ।।
गहिरो जलन , तीनपानेले , अलि कति , चिस्याइदेऊ ।
थोरै हाँस , थोरै मस्क , अलि कति , रिसाइदेऊ ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )