~चिन्ता घिमिरे~
यस पालिको दशैँमा त तिमी घर आउन प्रिय ।
वर्षौ पछि दुुवै मिलि माइत सँगै जाउन प्रिय ।
कति दशैँ एक्लै बिते कति तिहार एक्लै ,
पर्खिराछिन् बहिनी पनि फूलमाला लाउन प्रिय ।
बाँसुुरी र मादल पनि तिम्लाई सम्झी रुन्छन् यहाँ,
साथी भाई सँगै मिली देउसी भैलो गाउन प्रिय ।
भिज्दै छिन् यहाँ बुुढी आमा त्यही सानो झुुपडीमा ,
रुझौँलानि सँगै बरु नसकैनि छाउन प्रिय ।
बेखवर भई किन बस्यौ चुुकाएर स्वप्ना सबै ,
थालेकी छुु म त यहाँ मन्दिर देवल धाउन प्रिय ।
चिन्ता घिमिरे
ईवा–५,तेह्रथुम
(स्रोत : ‘विकसन’ साहित्यिक पत्रिका – सयुक्ताङ्क-३,४,र ५ (बैशाख-पौष) २०७० )