देश बिरामी छ
अस्तिनै बाट
नेताहरूले वास्ता नगरेरै हो
आँखाले देखेनौ या मनले चिनेन
देश सानो छ
सुन्दर छ
अँ हँ
मतलब छैन नेताहरूलाई
देउतालाई बाहिरबाट पनि दर्शन गर्न सकिन्छ
तर नेतालाई मूर्ति नै अँगाल्नु पर्ने
अजिब छ नेताको नियत पनि
देश थाक्यो
अँ हँ
नेताहरू थाकेनौ
सबै औँलाले हात सुन्दर देखिन्नछ
मुठि पनि कसिलो हुन्छ
अजिब छ नेताको कल्पना
औँला छुट्टिएका हातका
यो कस्तो सुन्दरता
यो कस्तो बल
उद्देश्य उही भन्छौ
बाटो फरक लिन्छौ
आज सोचेनौं भने
धिक्कार छन् नेता सन्ततिले
सराप्छन् नेता पितृले
कि
नेताहरूले देशको रोधन सुनेनौं
नेताहरूले देशको चाहाना सुनेनौं
धैर्यतामा एक पल सुन देशलाई
मौनतामा एक घडी हेर देशलाई
विक्कान्तातमा पनि कसरी चिच्याई रहेको छ
नर्बिस नेताहरू
आज देश थला परे
भोलि तिमी थला पर्छौ ।
(स्रोत : Infonepal )