~बिष्णु ढकाल~
किन आतिन्छौ जीवन अहिले बगर भयो त के भयो ?
रात परेपछी अँध्यारोमा तिनै बगरमा
मोति भेटीन्छन् ,
कुनै दिन तिमीलाई घृण गर्ने ति मान्छे हरु,
तिम्रो बगैचामा फुल्न आउने छन् ।
सबैकुरा भुलेर हाँस्न सीक,
हेरत ति फूलहरु , जस्लाई आफू दुई दिनमा झर्ने
थाहा हुँदा हुँदै पनि ,
अरुको लागी मुस्काएर बाँचि दिन्छ ,
किन आँशुलाई दु:ख देख्छौ
तिनै आँशु भित्र
देख्ने लाई मोति लुकेको हुन्छ ।
देख्यौ जुनकिरी हरुलाई ,
सानै भएपनि के भयो त संसार उज्यालो बनाउने प्रण ,
हरेक रात चम्कि रहेछन् ,
विश्वास अटल बोकेर , भलै त्यो उज्यालो तिम्रो मन सम्म नपुगोस,
निरासा के का लागी साँच्छौ ?
सक्छौ सबै भुलेर अन्धकारमा चम्किने प्रयास गर ।
हरेक बसन्तमा तिमीले नयाँ पालुवा देखेकै छौ,
नयाँ र्सिजना, ति रुखहरु पुरानालाई त्यागेर त गर्देछन्,
बितेका पलका गुनासोहरु बोकेर किन रुनु ?
तिम्रै आँगनका ति बोट
हरेक पल तिम्रै
प्रगतीको मार्ग कोर्देछन् ।
सपनाहरुनै जीवनका मार्ग हुन्
संधै सपना देख्ने गर,
तर सपनाहरु प्रयासले पुरा हुन्छन्,
तिनै सपना भित्र , अटुट प्रयास जारी राख,
किन आतिन्छौ ? समय मलम हो एकदिन तिम्रा घाउहरु अवश्य पुर्ने छ ।
(स्रोत : Shabdahar )