आकाश छोइ दिने , छन् हिमालका ताँती
जंगल , नदी , पहाड , छन् पंछी भाँती भाँती
आकाश छोइ दिने …….
यो देश सानो छैन , साँघुरो मन त्याग
सिंगार्न यसलाई , आजैदेखि लाग
उडान भरी हेर , यसकै माथि माथि
सुन्दर कति छ देश , हेर त आँखा च्याती
आकाश छोइ दिने …….
नेपाली तिम्रो जात , गतिलो पहिचान
अभाव बिच पनि , दिनु छ केहि जान
असक्त छौ त देऊ , होष्टेमा हैँसे साथी
सकिन्छ दिन चाहे , गरीब छैन छाती
आकाश छोइ दिने , छन् हिमालका ताँती
जंगल , नदी , पहाड , छन् पंछी भाँती भाँती
आकाश छोइ दिने …….
26- 03-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )