~आस्था दाहाल~
आज म आफ्नै कुरा गर्न जाँदैछु । हुन त सधैं गर्ने कुराहरु पनि आफ्नै नै हुन्थे । यो कुरा स्टाटस मा लेख्नु पर्ने कुरा हो, मनमा लागे जती लेख्न नपाईने भएकोले नोट नै बनाउनु पर्ने बाध्यता आइ पर्यो ।
म जे जती कुराहरु मेरो वाल मा गरिरहेको छु र जुन शैलीमा म फेस बुक चलाऊँछु यो मेरो प्रक्रिती हो र मैले चाहेको तरिका हो ।
म सधैं हाँसेर, हँसाएर, रमाएर बाँच्ने प्रब्रित्तिको केटी हुँ । वालमा बिन्दास कुरा हरु गर्दैमा मानबिय समबेदना नभएको भन्न मिल्दैन । पिडादायी कुराहरुले मलाई पनि पक्कै पिडा दिन्छ फरक यती हो कि एउटै पिडालाई कयौं दिन सम्म पालेर म बस्ने गर्दिन । केही साथीहरुको आरोप आयो कि मैले देश प्रतिको जिम्मेवारि बोध गरिन, वाल मा मायाको कुरा बढी भयो ।
आमाको माया कस्लाई लाग्दैन ? मलाई चाँही देशको माया छैन होला ? म चाँही आफ्नो कर्तब्य र जिम्मेवारि नै भुलेर बाँचिरहेकी छु होला ? ए … बाबा फेसबूक मा कुर्लेर के हुन्छ ? फेसबूक मा ठुल्ठुला गफ हाँक्नेहरु, हिम्मत भए जानुस् सीमा क्षेत्रको दुर्गती नियाल्नुस्, केही गर्ने तागत छ त्यो बिषयमा? देशको राजनैतीक अस्थिरता कहिले सम्म? बन्द, आगजनी, मारकाट कहिले सम्म? यो रोक्न सक्नुहुन्छ फेस बुक मा कराएर ? सक्नुहुन्न । हो, सक्नुहुन्न भने यो देश मा यो भएन, त्यो भएन, यस्तो हुनु पर्थ्यो भन्ने आफ्नै जिन्दगी पनि मेरो जिन्दगी यस्तो मैले चाहेकै होइन, सोछेकै होइन, यो किन भईरहेछ, साले जिन्दगी …….. यस्तो कुरा सोचेर र गरेर चिन्तित र पीडित हुने तरिका मलाई ठीक लाग्दैन । बिनासित्तिको दु:ख हरु खोजी खोजी मनमा राखेर फ्रस्टेड हुँदै डिप्रेसन र साइकोसिस को यात्रा मलाई मन्जुर छैन ।
म जसो गर्दा खुशी भईन्छ त्यसै गर्ने गर्छु तर मर्यादामा रहेर । आफ्नो मर्यादा मलाई पनि थाहा छ । मेरो लिस्ट मा पनि कतिपय मेरो आफन्त हरु हुनुहुन्छ वहाँ हरुलाई आस्थाको जीवन सैली पूर्ण रुप मा थाहा छ । फेस बुक मा म जुन किसिमले आइ रहेको छु यो मेरो आँशिक प्रतिबिम्ब हो । फेस बुक मा मायाको कुरा गर्दैमा मायाको भोक लागेको, केटाको खाँचो परेको भन्ने अर्थ लाग्नु हुँदैन । केटा नपाएर आफ्नो बिज्ञापन गरिरहेको छैन म ।
म जिन्दगी लाई हाँसि खुशी बाँच्न चाहन्छु र त्यसै अनुसार बाँचि रहेकी पनि छु । साथीहरु बिना कारण निराश भएँ भन्ने कुरा गर्छन् कहिलेकही । यस्तो निराशाबाट बाहिर आउने कतिपय टेक्निक हरु छन्, आफुले जानेको तरिका बताएर रिलिफ हुने सल्लाह दिइरहेकी हुन्छु म । मैले फेस बुक मै पनि कुनै कुनै बेला टेन्सन हुँदा तपाईंको प्रोफाइल हेर्छु र फ्रेस हुन्छु भन्ने साथीहरुको संख्या उल्लेख्य मात्रामा भेटेको छु ।
फेस बुक मा रक्सीको कुरा गर्दैमा टिल्ल पिएर खुट्टा बटार्दै बाटो नाप्दै हिंड्ने मान्छे भन्ने अर्थ लाग्नु हुँदैन । जुन व्याबहारिकता केटी मान्छे मा हुनु पर्ने हो, त्यो म मा पनि छ ।
कमेडी मुभी हेर्नु, रमैला खाले गीत सुन्नु, हँसाउने कार्यक्रम हरु हेर्नु मेरो शौख हो । बाटो हिड्दा समेत काहानीर रमाइलो कुरा सुन्छु , देख्छु त्यस्लाई ध्यान दिइरहेको हुन्छु । तरकारी पसलेको स्लोगन सुनेर समेत म साथीहरु सँग हाउभाउका साथ बताइ रहेको हुन्छु । लौ आयो नेपाली काउली, २० रुपया किलो, जस्ले चिन्यो, उस्ले किन्यो ।
पुरुष र महिलाको शारिरिक संरचना मात्र होइन सोच्ने तरिका पनि फरक हुन्छ । दाइने र देब्रे दुई ब्रेन को भिन्न भिन्न काम हरु छन् । बिचार , बुद्धी, तर्क, गणित देब्रे ब्रेन को काम हो, भावना, कल्पना, सपना, अन्तर्बोध आदी दाइने ब्रेन को काम हो । महिलाको दाइने ब्रेन बढी चल्ने भएकोले राजनितीको कुरा हरु ( जहाँ तर्क बढी चल्छ) मन नपर्ने हुन्छ । यो कुरा तर्क गरेर तपाईं बुझ्न सक्नु हुन्न । तर्कले, बिज्ञान ले त मेल र फिमेल ब्रेन स्ट्रक्चर उस्तै हुन्छ र दुबैले उत्तिकै काम गर्छ भन्ने तथ्य अगाडि सारेको छ । तर वास्तविकता नियाल्दा फरक भेटिन्छ । बच्चाहरुको खेल्ने तरिका नियाल्नुस्, केटी बच्चा हरु नाचगान गर्ने, पुत्तली खेल्ने गरी रहेका हुन्छन् भने केटा बच्चा हरु बन्दुक ताक्ने, फाइट गर्ने गरिरहेका देखिन्छन् । बयस्क भएका हरुलाई पनि नियाल्न सक्नुहुन्छ । एउटा पत्रीका पहिला केटी मान्छे लाई दिनुस् उस्ले कुन टपिक मा पहिला आँखा पुर्याउछे र त्यही पत्रीका केटाको हात पर्दा कुन टपिक पहिला हेर्छ त्यो नियाल्नुस् । यस बाट पनि मेल र फिमेल च्वाइस बुझ्न सकिन्छ, भावना, सोचाइ मा रहेको फरक बुझ्न सकिन्छ । बराल सरले हचुवाको भरमा लेख्नु भएको गजल होइन …….. यहाँ देश को छ चिन्ता, तिमी माया – माया भन्छ्यौ ….. ।। यो गजल ध्यान दिएर सुन्नु भयो भने पनि फिमेल थिङ्किङ को बारेमा धेरै ज्ञान पाइने छ ।
त्यसैले मेरो माइन्ड ले जुन कुरा स्विकार्नै चाहदैन त्यही बोझ म उसलाई थोपर्न चाहन्न । मेरो वाल मा राजनीतिको कुरा पढ्न चाहने मित्रहरु, त्यो म्रिगत्रिश्णा नपालेको राम्रो । म राजनीति बुझ्दिन र बुझ्न पनि चाहन्न । मेरो माइन्ड ले राजनीतिको कुरा पत्रीका पढेर, समाचार सुनेर भन्दा बढी मनोज गजुरेल को हाँस्यब्याङ्ग्य हेरेर बुझ्छ । …… नेपालीको पुर्पुरोमा आठ किलो को घुस्सा, हरियो घाँस देखाएर सोझो गाई लाई हुस्सा, जुन जोगी आए’नी कानै चिरेको बरै हात्ती आयो हात्ती आयो फुस्सा …. ।। मैले सुन्ने राजनैतिक गीत ।
यहाँनिर पनि सुजता कोइराला देखी लिएर इन्दिरा गान्धी, बेनजिर भुट्टो, हिलारी क्लिन्टन को उदाहरण दिएर तर्क पेश गर्नु होला । तर्क मेल ब्रेन को काम नै हो तर मैले यहाँ मेरो कुरा गरी रहेको छु, तपाईं सँग बादबिबाद होइन । यही निर हेर्दा पनि माथि भनिएका सबै नाम मा पारिवारिक प्रिस्ठभुमी को प्रभाव देखिन्छ, उनिहरुलाई परिवार ले प्रभाव पारेको हो कि, ब्रेन ले नै चलाएको हो सर्भे गर्ने सामर्थ्य म मा छैन ।
जे जती कुरा गरेपनी मैले भन्न खोजेको के भने कुनै साथीलाई मेरो तरिका ठीक लागेको छैन भन्दैमा म मेरो शैली परिवर्तन गर्न सक्दिन । प्रथम कुरा जुन शैलीमा म चल्दैछु यो मेरो आत्मालाई ठीक लागेको छ, दोस्रो कुरा मेरो परिवार र नजिकका साथीहरु जस्ले मलाई पूर्ण रुपमा चिनेका छन् उनिहरुलाई ठीक लागेको छ । यहाँ परिचय पनि नभएका साथीहरुले शैली परिवर्तन गराउन खोज्दैमा कान नछाम्ने मानसिकता मेरो छैन । म जे हुँ जस्तो छु त्यस्मा गर्व गर्छु बस् ………… !!
म बिन्दास भएर नै बाँच्ने छु, यसै गरी फेस बुक पनि चल्दै जानेछ । जो जो साथीहरु लाई मेरो तरिका ठीक लाग्छ तपाईंहरुलाई साथीको रुप मा स्वागत छ । जो जस्लाई ठीक लाग्दइन तपाईंहरुलाई मैले निमन्त्रणा पत्र वा सुपारी पठाएको छैन, आस्थाको वाल मा आउनुस्, कुराहरु पढ्नुस् र दुई किलो को टाउको दुखाउनुस् भनेर । यस्ता साथीहरुलाई मेरो लिस्ट मा टाँसिरहन जरुरी पनि छैन । केटी मान्छेलाई मर्यादा गर्न नजान्ने मान्छे आस्थाको साथी हुन पटक्कै सक्दैन ।
(नोट: मलाई आस्था दाहालका कुराहरु मन पर्थ्यो र फेसबुकको भित्तोमा बेला बेला नजर दौडाउँथे। कहिले कही स्ट्याटस मन पर्यो भने लाइक बटन क्लिक गर्थे। आज उनको नोट हेर्दै जाँदा उनको यो बिचारोत्तेजक लेख अत्यन्तै मन पर्यो र ब्लगमा पोस्ट गरेँ।)
(स्रोत : Shabdahar )