सुन्दर मेरो देशमा
राक्षसको भेषमा
बलि खोज्छ दानब
रक्तकुण्ड ढेसमा।
शोकाकुल देशसंगै
टाउकेहरुको बेगसंगे
कुद्यो हेर दानब
कालरात्रि मेघसंगे।
उग्रचंदी बाहन
मस्तिस्कमा रावण
दानबको सहरमा
पिचासे छ पवन।
पुत्लेले देह पछार्दै
भिडमा भेडा लछार्दै
लडी राछ दानव
कमजोरलाई घचेट्दै।
पिठ्युमा गोलि हान्ने रे
नारीको चोली तान्ने रे
सिता लाने आशामा
लक्ष्मण रेखा तान्ने रे।
सिदा सादा भाड्ने रे
सिंगो आमा बाड्ने रे
कस्तो भाला दानबको
जिउदै मानब गाड्ने रे।
अनेकतामा एकता
थियो हाम्रो बिशेषता
सुन्छु आज दाजुभाइको
जलाऊदैमा छ व्यस्तता।
धोकेबाजको नमान
नबनाऊ सिमाना
टुक्राएमा देश झन्
नेपालको ने कसलाई?
झण्डाको सुर्य कसलाई?
हिमालको माथ कसलाई?
तराईको अन्न कसलाई?
पहाडमा बग्ने नदि,
अनि हरियाली कसलाई?
बिलाएमा देश एकछिन,
तिम्रो छोरा छोरी कसलाई?
अब आउने पुस्ता कसलाई?
नेपाली जनता कसलाई?
नेपाल यो देश कसलाई?
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )