जुनेलि सँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई।
पवन संगै खबर पठाएको छु, नबिर्सिनु है मलाई।
कहिले बिवस्ताले रोक्छ,कहिले परिस्थितीले छेक्छ।
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई।
कहिले कहीं आशुंको न्यानोमा निदाउने बानी छ।
अज्ञान मन्को कम्जोरी ठानेर,नबिर्सिनु है मलाई।
ईन्द्रचोकको चुरा र असनको चिया पसलमा हुन्न।
तीजको पर्ब र दसैंको चाड मा नबिर्सनु है मलाई।
July 31, 2010
बोस्टन अमेरिका
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )