~भक्ति प्रसाद पौडेल~
व्यर्थको काममा पो जुटियो हजुर !
सर्वस्व लुटुन्जेल सुतियो हजुर !
आन्दोलन गरियो ज्यान माया मारेर
अधिकार बिचैमा लुटियो हजुर !
दुखीकै नाममा मन्त्रीज्यू मुसुक्क
दुखी त बाटैमा कुटियो हजुर !
गर्नेको पसिना खेर गो बगेर
दलाल बिचैमा उक्सियो हजुर !
बाबा र आमाले गिट्ठा नै भेटेनन्
हाँडी नै चुलामा भुटियो हजुर !
भक्ति प्रसाद पौडेल
बिराटनगर नेपाल
(स्रोत : Deuralisangam )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.