आगो ओच्छ्याएर छातिमा
तिम्रो आगन समम पुगे
दुर्भाग्य तिमि मेरो हुन सकेनौ
सच्चै तिमि जुन रहेछौ
न मैले छुने अवसर पाँएन
मैले चुम्ने अवसर पाँए
फगत टोलाएर हेरीरहे हेरीरहे
पत्थरलाई बालुवाको सपना देखिएछ
त्यहि भएर
अत्यास लाग्दो कालो घाम
नियतिको वर्वहाट शव्द लेख्न सिकाउछ
सम्झनाका एट्लासहरु
मान्द मुस्कानमा जिस्काउछन रातहरुमा
उद्ेलीत बनाउछन मनलाई
गुलाफको डिल भएर बग्ने जुनकीरीहरु
सम्मोहनका शिलिक्क परेका अङ्गालो
आजभोलीएकादेशको कथा जस्तो भएकाछन
क्षितिज भन्दा निक्कै पर धुजा धुजा भएको हुनु पर्छ सपनाको संसार
बोल्ने अधिकारी छेकिएको छ
हास्न छोडेको धेरै भईसक्यो
बरु तोङ्बा र सुकुटिको चुस्किहरुमारात कटाउन मन लाग्छ
तिम्रो दिलमेरोजस्तै भईदिएको
भएसायद चट्टानमा पनि रातो गुलाफ फुल्थ्यो होला
आकास लाग्ने सम्बन्ध चेपचापको गोरेटो जस्तो भएको छ
सायद हाम्रो सम्बन्धछचल्किरहने पानी जस्तो
आशुको डिल भएर बगि रहेछ
व्यस्थ सडकमा एक्लो भोगिएर
दृष्ट्रिबोधतामा तिमि खोजी रहेछु
तिमि कुनै लहरमा मेरो विरुद्ध उभिएकी हुन सक्छौ
गल्ति मेरोनै हो तिमिलाई मन पराए
गल्ति तिम्रो पनि हो मलाई मोहित तुल्लायौ
समयले ओल्टे कोल्टे गरेपनी
मत उकाली ओरालीको मान्छे
अभावमा खुसी पैल्याएरउज्यालोको लामो यात्रा तय गर्न खोज्छु
काडाको डिलमा टेकेर फुलको यात्रा तय गरिरहदा
म तिम्रो वाटोमा अयोग्य ठहरीए
तर एउटा कुरा प्रियतामाम मेरो इमान बेच्न सक्दिन
सहर मेरो विरुद्ध हुन सक्छ
म तिम्रो विरुद्ध हुन सक्दिन
माया गर्नुको अर्थ मन पराउनु मात्रहोईन
त्यसैले प्रियतमातिम्रो भव्य सहरको अगाडिमैले शिर झुकाउनु छैन
तिम्रो माया छातिमा अमिट राखेर
लाली गुरास,अलैचि र भोगटेमा
सम्वेदनाका पुरातन स्वर खोजेर
नवितन पाईला रोज्ने छु
उज्यालोको प्रतिक्षामा
(स्रोत : Rajbanskota.wordpress.com)