मैले जिन्दगीलाई सोधें
जिन्दगी तँ . .
जिउन को लागि हो कि
भोग्न को लागि हो कि
बाच्न को लागि हो कि
साच्न को लागि हो कि
बाढ्न को लागि हो कि
बाध्न को लागि हो कि
लिन को लागि हो कि
दिन को लागि हो कि
नाम को लागि हो कि
माम को लागि हो कि
दाम को लागि हो कि
घाम को लागि हो कि
आफै को लागि हो कि
अरु को लागि हो कि
खै कसका लागि किन हो त ?
केहि बोलेन
तेसै तेसै टोलाई रह्यो
मैले प्रश्न गर्नै छोडी दिए !!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: छोक : मौनतामा ज़िन्दगी | swamisubashchandra