आफ्नै भन्छु तिमी पराई ठान्छौ त के गरु
नजिक छोडी टाढाटाढा जान्छौ त के गरु ।।
मैले त सबै मान्छे असल नै ठानेको छु
मलाई छोडी अर्कैको साथ छान्छौ त के गरु ।।
सम्मान आदार सबै दिएकै छु झै लाग्छ
उल्टै बदलामा तिमी लात हान्छौ त के गरु ।।
कुलतमा फस्नु हुन्न फसेपछी डुबिन्छ नि
दिन रात जाँड रक्सी खान्छौ त के गरु ।।
तिम्रा लागि ज्यानै सम्म दिन तयार हुने मान्छे
आखिर मलाइ सधै शत्रु मान्छौ त के गरु ।।
घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल
(स्रोत : Kabita Yatra – Facebook Page)