कि वार कि पार हुनु पर्छ,
सर्बहाराकै संसार हुनु पर्छ ।
यथास्थितिमा चल्दैन दुनिया,
अब स्पष्ट विचार हुनु पर्छ ।
राष्ट्रियता संकटमा परेको वेला,
परे युद्ध लड्न तयार हुनु पर्छ ।
संशोधनवादलाई परास्त गर्न,
क्रान्तिको यात्रा लगातार हुनु पर्छ ।
राष्ट्रघाती दलालको नौटंकि निर्वाचन,
पुर्णरुपमा बहिस्कार हुनु पर्छ ।
केवी मल्ल “डेनी”
ढिमे २ जाजरकोट
(स्रोत : Digitalsanchar )

