सिन्दूर पुछेका ए दिदी बहिनी
गाउदैछु तिजमा पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
सम्झना धमिलो आँखामा साँचेका
मुटुको टुकुरो गुमाइ बाँचेका
पिरमा डुबेका ए आमाहरु हो
भाँच्दैछु कमर पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
साथमा खेलेको सम्झना अझैछ
बगायौ पसिना अभाव छँदैछ
दु:खले घेरेका ए साथी संगिनी
सजिएँ हारमा पाप नलागोस्
टुहुरा ससाना ए भाई बहिनी
नाच्दैछु तिजमा पाप नलागोस्
(हुन त रमाइलो को पर्व हो तीज – बिभिन्न परिस्थितीबस् खुलेर तिज को आनन्द लिन नपाउने चेलीबेटिहरुमा बिशेष समर्पण । यसै मार्फत सबैमा तिजको शुभकामना !!!! )
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )