हिजो सम्म तिमी आफै धोकादिनु हुन्न भन्थ्यौ
धोकेवाज मान्छेको त हात पनि छुन्न भन्थ्यौ।
त्यति ज्ञानी मान्छे तिमी सबैलाई सम्झाउँदै
मुटु साट्ने टुट्न हैन माया जाल बुन्न भन्थ्यौ।
धोकावाज भने पछि त्यस्तो घृणा गर्थ्यौ तिमी
त्यस्ता मान्छे मेरै सामु मरेपनि रुन्न भन्थ्यौ।
त्यस्तो मान्छे फेरी किन मलाई छोडी टाढा भयौ
म जन्मेको यो धर्तीमा तिमीलाईनै चुन्न भन्थ्यौ।
छोडी जानु रैछ आखिर फूलको बोट सार्यौ किन
त्यति बेला सोध्दा मैले बर माला उन्न भन्थ्यौ।
(स्रोत : sathisangamankakura )