अझै पनि चर्चा चल्छन्
मान्छे हरु कुरा गर्छन्
तिम्रो बाजेको सुरताको,
तिम्रो बाउको बिरताको
गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर
सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे
अनि तिम्रो परिवार
तीन तीन पटक सर्वस्वहरणमा परेको रे
शासक हरुको आरौटे भरौटे हरुले
तिम्रो घुर्यानमा फलेको काक्राको चिचिला पनि नछोडेको रे
सबै सबै रित्तै पारेर खरानी पनि चालेको रे
र त्यतिनै बेला तिम्रो जवान बाजेलाई राणाहरुले बेपत्ता पारेको रे
भन्छन् बुढापाका हरु
तिम्री “पिपि”को अन्तिम इच्छा यो थियो रे, (पीपी=बोजु)
“मेरो खसम मरेको हैन देशको लागि बाचेको हो त्यसैले
मलाई चिहानमा गाड्ने बेलामा उस्को नामको सिन्दुर सिउदो भरेर गाड्नु,
मलाई मुर्दा हैन बेहुली बनाएर गाड्नु
म अन्यायको बिरद्ध लड्ने महान योद्धाको जीबन संगिनी हु”,
र त्यासै गरेथे रे तिम्रो पिपिको भौतिक सरीर
बेहुली जस्तो सिंगारेर गाडेको रे,
बलिहांग “फोपो” तिमी त्यस्ता बीर बिरंगनाको नाती हौ,
त्यसैले अब फर्क
एक अन्तिम युद्ध लड्नु छ
अन्यायको बिरुद्धमा
असमानताको बिरुद्धमा,
“फोपो”…
तिम्रो कथा कहाँ तेतिमै सकिन्छ र?
तिम्रो बाजेको अन्याय बिरोधि रगतको उपज तिम्रो बाउ,
पंचायत लागे पछि तिनका आँखाको तारो बने रे
र तानाशाहीको बिरुद्धमा लड्दा लड्दै
सामन्ती हरुले तिमी गर्भमै हुदा तिम्रो बाउलाई पनि मारेको रे
“फोपो” बीर बाउको पुत्र तिमी
कहाँ छौ?
अब फर्क तिम्रो बाउले सोचेको जस्तै युग बदल्नु छ,
तिम्रो बाजेको सपना पुरा गर्नु छ,
एक अन्तिम यिद्ध लड्नु छ,
अन्यायको बिरुद्धमा
असमानताको बिरुद्धमा,
“फोपो”
मलाई धुमिल धुमिल तिम्रो अनुहारको याद छ,
ति दिन हरुको कि तिमी हातमा रातो झन्डा बोकेर
तिम्रो बाउको हत्यारा हरुको बिरुद्धमा
प्रजातन्त्रको लागि आन्दोलित थिएउ
घाइते सरीर लिएर घर फर्किएको थिएउ
परिणाम प्रजातन्त्र आयो
तिमी भन्थेउ
“सिर्फ शासक फेरिए जनताको दुख फेरिएन ”
एक दिनको कुरा
जुन दिन तिमी सदरमुकाममा
सानो सरकारी जागिर खादै पढ्ने सपना बोकेर
तिमी खरदारको अन्तर्बार्ताको लाइनमा उभिएको थियौ
अन्तरबार्ता दिन भित्र पसे पछि
बाहिर केहि हल्ला सुनियो
फुत्त तिमी बाहिर निस्किएउ
तिमीले लाएको भोटो च्यातिएको थियो
पाखुरा सुर्किएको थ्यौ
सधै शान्त र सौम्य रहने तिम्रो अनुहार
शिंहझैँ आक्रामक थ्यो,
शुर्यझै तेज थ्यो
तिमी कराउँदै निस्केथेउ
मेरो थेप्चो नाखले राष्ट्र सेवा गर्न सक्दैन भन्छ माझेक्ने!
मेरो चिम्सो आँखाले सरकारी जागिर खान मिल्दैन भन्छ माछेक्ने!!
बजाई दिन्छु साले हरुलाई
यस्तै आक्रोस पोख्दै तिमी निक्लेथेउ भित्र बाट
लगत्तै रक्ताम्य नाख मुख छोप्दै एक अर्कालाई
सम्हाल्दै निक्लिए अन्तरबार्ता लिने हाकिम हरु,
र कराउदै थे त्यो राष्ट्रघाती बलिहांग
त्यो हरामी बलिहांग
राष्ट्र शेवक माथी हमला गर्ने त्यो देश द्रोही बलिहांग
त्यासले हाम्रो ज्यानै मार्ने गरी हमला गर्यो,
त्यासले
अब यो गाउँमा
अब यो ठाउँमा
यो जिल्लामा
र यो देशमा
पाइला टेक्न पाउने छैन,
त्यासको दिन सकियो,
म जिल्ल पर्दै तिमीले बोक्न दिएको झोला बोकेर
घर फर्कदा आठ दश जना पुलिसहरु तिम्रो घर घेरेर बसेको थे,
उनीहरु फर्के पछि
आधा रात घर्की सकेपछि तिमी तिम्रो झोला लिन आएकाथेउ
तिम्रो गंभिर अनुहार बीर बिजेताको झैँ प्रज्वलित देखेंथे
तर अलिक निरास थिएउ,
तिमीले मलाई भनेर गएको थिएउ कान्छा!
“योदेशमा न्यायको खातिर मेरो बाजेले ज्यान दिए
समानताको खातिर मेरो बाउले प्राण दिए
तर सहिदको रगतमा टेक्दै सत्ता चुस्ने हरु फेरिए
थिचो मिचो र अत्याचार फेरिएन
त्यासैले म यो ठाउँ छोडेर जादैछु
मलाई सोध्नेलाई था छैन भन्दिनु है”
एक मुठी माटो उठाएर झोलाको गोजीमा राख्दै हिडेथेउ
आज म तिमीलाई संझदैछु “फोपो”
यो धरतीमा उस्तै छ
हामि माथिको अत्याचार
पहिचानको कुरा गर्दा देशद्रोहीको नाम पाई रहेछौ
हामिले हाम्रो धर्म मान्न पाएको छैनौ
हामीले हाम्रो सस्कृति भन्न पाएको छैनौ
हामीले हाम्रो रितिरिवाज मान्न पाएका छैनौ,
हामीले आफ्नो भाषा भेष भन्न पाएका छैनौ
हामि हाम्रै देशमा अनागरिक भएका छौ
दोश्रो दर्जामा परेका छौ,
उपेक्षित छौ,
पाखा पारिएको छौ,
सिमान्तकृत भएका छौ,
हामी आफ्नै पुर्खाले खनेको बाटोमा
निर्धक्क हिड्न पाएका छैनौ
हामी आफ्नै पुर्खाले बिराएको खेतमा
फाँडेको भस्मेमा सरनार्थी भएका छौ,
त्यसैले अब हामि अन्तिम युद्धको तयारीमा छौ,
स्याल भएर शय साल बाच्नु भन्दा
शेर भएर एक दिन बाच्न चाहन्छौ
हो अबको युद्धमा तिमीलाई पनि सम्झेका छौ,
तर हाम्रो युद्ध मनाबियाताले लेस हुने छ
न्यायप्रेमी हरुको निम्ति
सह-अस्तित्वको स्वीकार्यता,
समानता पहिचान सहितको रास्ट्रियता
बस!’फोपो”
अब
फर्क तिम्रो बाउले सोचेको जस्तै युग बदल्नु छ,
तिम्रो
बाजेको सपना पुरा गर्नु छ,
एक
अन्तिम यिद्ध लड्नु छ,
अन्यायको
बिरुद्धमा
असमानताको
बिरुद्धमा,
आउहै बलिहांग फोपो आऊ,
नोट : “फोपो”=काका
उमेश राई
हाल :यु ये ई
(स्रोत : Sarwadaa )