आम निर्वाचनको घोषणा लगत्तै उम्मेदवारको पोस्टर आफ्नै घरको भित्तामा देख्नासाथ मैले स्पष्ट चिनिहालें l पार्टी कार्यकर्ताको हिसाबले आफ्नै पार्टीमा नयाँ अनुहारलाई उम्मेदवार बनाईएको मलाई स्पष्ट थाहा थियो l
पार्टीको नियमानुसार कम्तिमा पाँच बर्ष पार्टीमा काम गरेको प्रमाण नहुनेहरुलाई पार्टीले उम्मेदवारीको टिकट दिन मिल्दैन भन्ने पनि थाहा थियो l एघारबर्ष अघि लागु औषध तथा काठ तस्करी गरेर पैसा कुम्ल्याई अमेरिकातिर हिंडेका त्यो व्यक्ति मेरो छिमेकी थियो l उ आएको करिब तीन महिना नहुँदै उसले एकाएक सांसदको निमित्त टिकट पाएकोले आश्चर्यमा परें l चुनाबी बैठकमा मैले प्रश्न उठाएँ l धेरैले मलाई सम्झाए-बुझाए र पार्टीको ईज्जत जाने काम नगर्न अनुरोध गरे l उम्मेदवार स्वयंले पूरै पाँचलाख दिने बचन दिए l मैले नकारें l जवाफ आयो –
” कमरेड ! जीवनको माया लाग्छ भने चुप रहनुस !”
” मर्न तयार छु l कार्यकर्ता ढाँट्नेले जनतालाई के भरोशा देलान !” एति भनेर बैठक बहिस्कार गरेर निस्किएँ l
बेलुका मूख्य समाचारले बोल्यो -‘ पार्टीको नीतिनियम विपरित बोलेकोले केन्द्रीय पार्षदलाई पार्टीले बर्खास्त गर्यो l ‘
त्यसको भोलि पल्ट मेरा समर्थकहरुले पार्टी फुटाए l
चुनाब पनि सकियो र रेडियोमा नजिता आयो –
” पार्टी फुटेको कारणले यसपल्टको चुनाबमा यस अघि सबै भन्दा ठूलो पार्टी कहलिएको पार्टीले कुनै पनि स्थानमा जित्न सकेन l”
तुरुन्त जुलुस निस्क्यो –
” जनमारा पार्टी मुर्दावाद !” मेरै अगाडिबाट कराउँदै बढेको विशाल जुलुस चुपचाप हेरिरहें l
(स्रोत : Shabdahar )