~जेंग ओसेन~
नयाँ घरमा सरिसकेको एकजना मान्छेले नयाँ धरमा कुन कुन सामान लाने भनी राम्रा देखिने भाँडाकुँडाहरु छान्न थाल्यो । यसैक्रममा उसले एउटा गमला उठायो। त्यसलाई उसले रङ्ग–रोगन ग¥यो, राम्रा फुलहरु राख्यो र वर्काइफर्काइ गरेर हेरेपछि प्रसन्न भयो ।
“यसले मेरो नयाँ घरको सोभा बढाउँछ”– सोच्दै मुण्टो हल्लायो। त्यति नै बेला उसको आँखा कुनामा राखिछाडेको एउटा पुरानो भाँडोमा प¥यो, जसमा जडिबुटीहरु पकाउने गरिन्थ्यो ।
“यस्तो नाथे थोत्रो र हेर्दै नराम्रो देखिनेलाई म फ्याँकिदिन्छु ।” – उसले त्यसै ग¥यो ।
केही समयपछि नै त्यो मान्छे सिकिस्त बिरामी प¥यो। डाक्टरलाई जँचाएर केही जडीबुटीहरु घरमा ल्याएपछि उसलाई त्यो भाँडाको सम्झना आयो।
हनहनी जरो आएको भएपनि सकीनसकी कसिङ्गरको डङ्गुरमा उसले त्यो भाँडो खोज्यो। खोतल्दै जाँदा उसले त्यो भाँडाको खपटाहरु मात्र भेट्टायो। कसिङ्गरको डङ्गुरबाट आवाज आए जस्तो–जस्तो लाग्यो– “जाउ र तिम्रा जडिबुटीहरु गमलामा पकाऊ” ।
“म त्यसै गर्छु”– रन्थनिदै फुर्तिसाथ उसले जवाफ दियो। घर पुगेर गमलामा जडिबुटी हालेर चुल्होमा बसायो। तुरुन्तै त्यो गमला चर्कियो र फुटेर टुक्रा टुक्रा भयो। त्यसपछि उसलाई ब्यथाले च्याप्दै लग्यो र त्यो भाँडोको बारेमा सोच्दै दुःख मनाउ गर्न थाल्यो ।
(चिनियाँ लघुकथा ‘गमला र भाँडो’ । कलम वर्ष २, अंक ४, पुर्णाङ्क ६ असोज, २०५१ र बर्ष १४अंक, १ पुर्णाङ्क १४१–४२ चैत्र भदौ ०६२/६३ । )
(स्रोत : साहित्य संग्रहालय )