बिकाश र सम्पन्नता देखी
छिमेकी सबैमा लोभ बडोस
एउटै साझा फुलबारीमा
अनेक थरी पुल फूलुन
अब राजनिती हैन देशमा
राज्यको निती बलियो होस
मेची काली हिमाल पहाड
तराई
एउटै निलो आकाश ओडौ
तिर्खाउदा मदेस हिमालले
पिलाउनु
भोक लाग्दा पहाडलै
मदेसले अन्न पैंचो दिनु
दु:ख सुख एक आपसमा
बाँडी संधै हाँस्न सिकौं
सन्तान सुखले बाँचुन
शान्ति र सन्तोष देउन
कलह सदा बिर्सी रहुन
मित्रता सदभाब बडोस !
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )