नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।
प्रलयङकरा अभयङ्करा,
दहन त्रिपुरा तिमी शङ्करा ।।
अन्तरयामी त्रिलोक स्वामी,
तिमी त्रिपुरा त्रिनेत्रधारा ।
नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।।
सृष्टि धरती आकाश तिम्रै,
शक्ति, भक्ति र मुक्ति हो तिम्रै ।।
भस्मविभूषित भयनाशक,
तिमी नै भोला शङ्करा ।।
नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।।
हर्ता भर्ता तिमी सङ्कटमोचन,
अमृत जगले गर्दछ सेचन ।।
तिमी नै सत्य तिमी नै द्वापर,
तिमी हौ त्रेता तिमी कलि संहार ।।
नाच न नाच हे नटराज,
भस्मभूषण नाटेश्वर नटराज ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )