मेरा दुख सबै हर्छौ र त प्रेममा पागल छु म
तिमी धेरै माया गर्छौ र त प्रेममा पागल छु म
पुर्ण रुपमा आफै लाइ रित्यायर केहि नराखी
मेरो मन मुटु भर्छौ र त प्रेममा पागल छु म
दुनियाको मतलब छैन कुनै भोक-शोक छैन
मेरो मात्रै भर पर्छौ र त प्रेममा पागल छु म
मैले रुँदै अन्धकारको बाटो हजुर अङ्गाल्दा नी
नौलौ नौलौ ज्योती छर्छौ र त प्रेममा पागल छु म
मेरो खुसी मेरो इज्जजत मेरो नाम बचाउन
आफ्नै नाम बाट झर्छौ र त प्रेममा पागल छु म
(स्रोत : sathisangamankakura )