~~~~~~~~~~~~~~~~~~~
निरन्तर बग्ने ईन्द्रावती
~~~~~~~~~~~~~~~~~~~
साउन ,भदौको झरीले
पोखाएका भेल बोकेर
उर्लि आएकी ईन्द्रावती
दिदी सुनकोशी कुर्दै छिन
दोलाल घाटमा किनारमा
माझी जिस्कदैछ उनी सँग
खुम्मारीको ओरालोमा शङ्ख बज्दा
माइलो नेवार दाउरा तयार गर्छ
बेलडाँडा चडी पौवा ,सापिङ तिर हेर्छ
मूर्दाका ग्राहक बड्दै छनकी भनी
चितामा जलेका लाशका खरानी
तिम्रो साथ लगाई
तिमी बाट चोखीन्छन
मलामी कृया पुत्रीलिई
सिपाघाट देखी तिमालबेसी
सम्मका अबशेष खरानी
लामाबगरमा बिस्कुन हाली
तिमी आफ्नै गन्तब्यमा छ्यौ
चैत बैसाखको हुरी
लामाबगरका बटुवा
आँखा मिच्दै हेर्छन माथी
तिमाल डाँडाको थाप्लो
कालो बादल प्रशब ब्यथाबोकी घुमेको
वाल्टीङ , चैथली ,लामागाँउ हुंदै
बिसाई दिन्छ अशिना दाना
नेपालटार , दुम्जा रोशी दोभान
खाँडी कपडाको प्रसिध्द स्थल
बि पी का बाउको जन्म स्थल
सुसेली हाल्दै रोशीसँग अँगालिन्छ्यौ
निरन्तर अगी बड्दै छ्यौ
हजारौं बर्ष देखी निरन्तर
तर कसैलै सोधिनौ आजतक
समुन्द्र कती टाढा छ भनेर ?
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )