१
कसैलाई जूनको पीर छ याहाँ
कसैलाई नुनको पीर छ याहाँ
उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली
विचरालाई सुनको पीर छ याहाँ ।
२
तिमी पराई बनेको हेर्न सकुँला र ?
त्यतिबेला मैले श्वास फेर्न सकुँला र ?
नरोउ भन्दै साथीभाई सम्झाउन आउलान्
तर मेरो दुखी मनले टेर्न सकुँला र ?
३
मत सायद मर्छु अव युगौं युग बाच्नु तिमी
सर्वहारा दुःखी मै हुँ सुखहरु साच्नु तिमी
लौत साथी म त अव स्वर्गतिरै बाटो लागेँ
खुशीहरु बटुलेर उत्सब मनाइ नाच्नु तिमी ।
४
नियतीले पेल्नुसम्म पेल्यो भन्दिनु
तिब्वतलाइ त नर्कतिरै ठेल्यो भन्दिनु
आफ्नै सुन्दर सपना सजाउने बहानामा
विचराले धेरै कष्ट झेल्यो भन्दिनु।
५
सरकारले चै आश्वाशन दिलाईराछन् हाम्रो नेपालमा
फट्दैछन् जीवन तर सिलाइराछन् हाम्रो नेपालमा
यै पाराले कस्को गाला चड्किने हो थाहा छैन
महँगीले जनताको हात चिलाईराछन् हाम्रो नेपालमा ।
६
तिमीसम्म पुग्ने एउटा बाटो मागेको हुँ
तिम्रै पाउले छोएको ती माटो मागेको हुँ
पिरतीको बिउ रोपी फुलाउने रहर हो मेरो
दिन्छौ भने त्यो मुटुको एउटा पाटो मागेको हुँ ।
७
काठमाण्डौको खाल्डोमा फोहोर पसेछ
गणतान्त्रिक खोलभित्र चोर पसेछ
अब नयाँ केही हुन्छ कि देशमा
आज एउटा भ्रष्टाचारी खोर पसेछ ।
तिब्वत आगन्तुक दर्लामी
साल्धारा, काभ्रे
(स्रोत : Fyangkhola )