~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।।
कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।।
पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको
हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।।
पिल्सिएका ढाड लुकाउदै भारी बोक्छौ पहाडमा
पीडा कष्ट खपेर आमा कयौ पटक मरेकी छ्यौ ।।
आँधी तुफान मनमै राखी,मुस्काउँछिन् कुसुम झै
माथी उक्ल भनेर आमा तल तल झरेकी छ्यौ ।।
पतझडको मौसममा नव पालुवाको हुँकार बोल्छौ
खेप्दै रोक्दै शिशिर आमा बसन्तमा सरेकी छ्यौ ।।
(गजल सिक्ने क्रममा माथीका शेरहरु सबै आमाहरुमा समर्पित गरे । शायद मेरो लक्ष्यले कुनै बाटो समाएमा गाऊमा बुढा/बुढी आमा बुवाको लागि आश्रयस्थल खोल्ने सपना पूरा गर्नेछु । )
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
मिति:०६८-०१-०७
(स्रोत : Shabdahar )