२०६६ साल माघ १३ गते दुई जना युवा युवती चानचुन पैसा गोजीमा ३ सय जति रुपैयाँको भरमा भागेर संगै जिवन विताउने सुरमा आफु काम गरिरहेको अफिसका हाकिमलाई फोनबाटै विदा माग्दै सहयात्राको लागि हिड्छन । कम्तीमा एक बर्षसम्म एउटै अफिसमा काम गर्दागर्दै दुवैजनाले एक अर्कालाई राम्रैसंग चिनिसकेका थिए । अनि सहयात्राकै क्रममा एकले अर्कालाई मन पराउन थालिसकेका थिए । समाजमा ती दुईको गाइगुई लभ परेको छ भन्ने हल्ला पनि चल्दै थियो । एउटै अफिसमा सम्भवतः उस्तै काम गर्ने गरि खटिएका उनिहरु क्षमतामा खासै फरक थिएन । सञ्चार क्षेत्र दुवैको रुचीको विषय र क्षेत्र भएकाले दुवै खुशी भएका थिए ।
सञ्चार क्षेत्रमा लागेर सबै सामु नाम चिनाउने व्यक्तिगत स्वार्थ भन्दा अरु कुनै स्वार्थ नराखी रेडियोमा काम गर्ने हेतुले सल्यानको मर्म परिकाँडाका बगरहरुमा गोठाला जाँदै एक्काइसौं बर्ष विताई सल्यानको खलंगा पुगेका केटा र पिपलनेटाका पाखापखेरीमा १७÷१८ बर्ष विताएर सल्यान खलंगा पुगेकी केटी विच रेडियोमा केटाको कार्यक्रम प्रमुख र केटीको प्राविधिक तथा रिसेप्सनको जिम्मा भएता पनि एक आपसमा सर सहयोगमा नै काम हुने गर्दथे । रेडियोमा कार्यक्रम प्रमुख र प्राविधिकको जिम्मेवारी पाएका उनिहरु स्टेशन प्रमुख सम्मको क्षमता भएका जाँगरिला युवा थिए । रेडियोका लागि उनिहरु विहान सबेरै बाट राती अबेला सम्म काम गर्थे त्यसले उनिहरुको व्यक्तित्वमा परिवर्तन आएको थियो । एक त यसबाट रेडियोका लागि स्वयमसेवक भएर उनिहरुले काम गर्दा रेडियो संचालन गर्ने शक्तिलाई फाइदा थियो भने अर्को कामगर्ने उनिहरुका लागि राम्रो सिकाई भएको थियो उनीहरुको सुरुवातीको एकआपसको दुःख र पिडालाई विसाउन एउटै जिवन भएमा जिवन चलाउन सजिलो हुने हेतुले दुबैले योजनाबद्ध थालेको अभियान सम्भवतः २०६६ माघ १३ मा सफल भएको थियो ।
सल्यान खलंगामा सुरुवातीमा २÷३ हजार रुपैयाँमा सबै खर्च धान्नु पर्ने केटाका लागि त त्यो रकम होटेलमा खाएको खाना सम्म तिर्न पुग्दैनथ्यो तर केटीले कोठामा खाना पकाउने भएकाले जुगाड चलेकै थियो । यति हुदाहुदै पनि खाना पकाउने समय नहुदा केटीले कयौं समय चाउचाउ र अघिल्लो दिनको बासी भातमा दिन गुजार्नु परेको थियो । त्यो समस्या काकारण दुबैको संगै बस्ने अनि आउने समस्या संग जुध्ने निधो भएको थियो ।
खलंगाको डाँडागाउमा रहेको उनिहरुले काम गर्ने रेडियोको उत्तरतिर डेरागरी बस्ने दुबैजना मध्ये भाग्नुको अघिल्लो दिन केटालाई राती अबेला सम्म कुनै निन्द्राले छुन सकेन । राती १० बजे सम्म रेडियोमा प्राविधिक बसेको उसका लागि कोठा फर्क ेपछि राति अबेला सम्म निन्द्राले छुने कुनै आँट गर्न सकेन । रातको प्रहरमा खरैरात काटेको उसले चिसो रातमा पनि छेउमा रहेको टेबुलमा राखेको एक बोतल पानी रित्याएछ । एउटा प्रहर निदाएर उठ्दा अघिल्लो दिन केटीलाई दिएको समय आउन केही समय मात्र बाँकी हुदो हो । अघि पछी जुत्ता लगाउन कुनै समय नछुट्याउने केटाका लागि त्यो दिन कोठाको कुनामा रहेका जुत्ता लगाउन १५ मिनेट सम्म लाग्यो र जुत्ताका तुना बान्न पनि ५ मिनेट सम्म लाग्यो । विहान साढे ४ बजे नै खलंगा छोड्ने सल्लाह गरेकी केटीलाई फोन हानेर केटो केटीलाई लिन १० मिनेटको बाटो उत्तर तिरै लाग्यो । जहाँ केटालाई केटी कुरेर बसिरहेकी हुन्छिन । फोनबाट कुरा गरिसकेकाले केटी बस्ने घरको मुल ढोकामा आई अध्यारो तिर आँखा दौडाएकी केटीलाई पर कुनामा देखिएको आकृतिले ध्यान तान्छ । घरवेटी हुनकी अरु कोही हुन कि भन्ने शंकालाई चिर्दै आफ्नो जिवनमा आउदै गरेको मान्छेलाई स्वागत गरिन ।
उनिहरुसंग समय धेरै थिएन त्यहाँ उज्यालो नबनाई अध्यारो चिर्दै ओरालो लाग्नु थियो । धेरै मान्छे हिड्ने बाटा ेतिर नलागि उनिहरु खलंगाबाट प्रायःपानी अभाव हुदा नुहाउन जाने ठाँउ घट्ट ेखोला तिरको बाटो लागे । घट्टे खोला पुग्दा उज्यालो भैसकेको थियो त्यहाँबाट केटाको घर उनिहरुको गन्तव्य मर्मपरिकाँडा सम्म पुग्नु थियो । दुवै जना खलंगालाई विदा गरेर वरलाको पुल तरेर डाँडागाउको ढाँरखानी हुदै अघि पछि गर्दै लागे चाख्लि घाट पुग्दा १० बजिसकेको थियो पकेटमा ३ सय भएको केटाले घर जाँदा आउदा अन्य समयमा बास बसेको र खाना खाएको ठाँउमा फेरी खाना खाने जोहो गर्न थाल्यो । दुबै जनाले खाएको सादा खानाको १ सय ४० मात्र तिरेर चाख्लि घाटबाट खोलैखोल कुमाख पहाडको काख काखै ४ घण्टाको उकालो काटी साढे ३ बजे तिर ओखरबोट पुग्दा दुबैका गोडा लर्थक्क भएका थिए । १५ मिनेटको विश्राममा चाउचाउ पकाएर खाए पछी केटाले मर्मखोलाको बगरका फाँटहरु देखाउदै अलिपरको आफ्नो घरलाई छेकेको थुम्का देखाउदै घर त्यता पर्छ भन्दै ओरालो लगायो ।
जिमाली हुदै बडागाँउ, कालागाउँ, मर्मपरिकाँडा र स्वीकोटका बगरमा रहेको जमिनलाई सिचितगर्ने खोलामा हिड्दा केटीलाई अति पट्यार लाग्यो क्यारे । उनले कतै एकदिन बसेर भोली घर जाने कुरा गरीन केटा हाँस्यो किनकी उ त्यो बाटोमा कतिऔं रात नाचगान र पुजापाठमा जाँदा हिडेको थियो । उसलाई नयाँ दुलहीलिई कतिबेला घरमा पुगौं जस्तो भएको थियो । गाउँमा चिन्ने मान्छेहरु आ–आफ्ना घरभित्र छिरेपछि गाउ ँपुग्ने गरी योजना भएकाले दुबैजना अवेला गाउँमा पुगे बाटोमा पर्ने आफु पढेको प्राथमिक विद्यालय, आफ्नो खेत, अंकलको घर, मामाको घर, दिदीको घर यता पर्छ उतापर्छ भनि केटाले सिकाउदा केटी भन्थिन यो अध्यारोमा के सिकाको म त देख्दिन । हुन पनि हो केटापो त्यहाँको पुख्र्यौली बासिन्दा हो र ढुङ्गा माटो सम्म चिन्न सक्छ केटीलाई के थाहाहाहाहाहाहाहाहा………………………..
बाटैमा केटाको भान्जा भेटीयो केटालाई सजिलो भयो किनकी घरमा अरुलाई सहजीकरण गर्न परेन । हुनत यस भन्दा अगाडी केटाले आमालाई म मेरो एकजना स्टाफ संग विहे गर्छु होला आमा, अति राम्री छ, अनि त्यो विवाह अति कमखर्चमा गर्ने भनि सल्लाह गरिसकेको थियो । तर आजै ल्याउछु भनेको थिएन । घरमा भान्जाले खबर गरेपछी बहिनी उनिहरुलाई लिनतल सम्म आउछन । घरबाहिर बस्नुपर्ने (गोठमा) बिहे पश्चात मात्रै घर भित्र पसाउने नियमलाई केटाले इन्कार गरेपछी सोही दिन कलस र घर नजिकैका सालका पात अनि घरमा भएकी बहिनी कन्या मार्फत चामल रंगाएको टिका लगाएर भित्रै बसाउने काम हुन्छ । अनि ३÷४ दिनमै फेरी फर्किन्छन खलंगामा ।
विचमा अनेक उतार चढाव छन तिनै उतार चढाव झेलेका उनिहरु मुरी जती दुखमा संगै रोएका र मानो जति खुशीम ासंगै रमाएका छन । उनिहरुलाई न त मान्दिएका हाकिमले भने झै गाउँमा गएर घाँस दाउरा गर्नुप¥यो न त रेडियोमा काम गर्दागर्दै सुत्केरी भएकै निहुमा आफुलाई हटाईएका हाकिम विरुद्ध अरुले जस्तै मुद्धा मामिला र अराजक रुपमा तोडफोड तथा तालाबन्दि गर्नु प¥यो बरु अभावमा कतिऔं रात र दिनहरुमा भोकै प्यासै बस्नुप¥यो । तिनै सहन सिल र परिश्रमीहरु नै आज मर्मपरिकाँडा देखी पिपलनेटा हुदै खलंगाबाट नेपाल भरीका कम्तीमा एक दुई हजारले चिन्ने डिल्लीराज रावत र प्रगती कुमारी गिरी हुन जो संघर्षमा नै दिनहरु कटाउदै छन । ५ बर्षे अवधीमा सन्तानका रुपमा छोरीको साथ पाएका छन अरुका दुःखमा आँशु बगाउने उनिहरुलाई घरमा जति संघर्ष गर्नु प¥यो बाहिर झनै गर्नु प¥यो । सहयात्रा जारी छ उनिहरुको …… ।
डिल्लीराज रावत
अध्यक्ष– रेडियो तहल्का, सल्यान
(स्रोत : Gigitalsanchar )