१)
परी छैन मनपरी छ स्वप्न दरबारमा
फक्रन बाँकी मन्जरी छ स्वप्न दरबारमा
सुन ए कुवाका मुर्ख भ्यागुताहरु हो
भेटौला हिउदमा झरी छ स्वप्न दरबारमा
२)
नसम्झु भन्दै थिए बिर्सेर सम्झिएछु
बिर्सेको अतीत कति खेर सम्झिएछु
पोल्छ मुटु थाछ विगतले भत्भती
था पाएरै पनि एक फेर सम्झिएछु
३)
सिङ्गै जीवन दिदा पनि जवानी रात खोज्छौ
लुकी चोरी चलेकै थ्यो हाँका हाँकी साथ खोज्छौ
मुटुसँग मुटुको अजम्बरी बन्धन तोडी
छिनमै पग्लिएर बग्ने उन्मादिलो मात खोज्छौ
४)
बेमौसम मनका रहरहरु फुल्न सक्छन्
ताता मरुभूमि र बगरहरु फुल्न सक्छन्
अमृतले सबैलाई न्याय गरेको कहाँ छ र-
छोइ हेर अपनत्वले जहरहरु फुल्न सक्छन्!
५)
उजेलीको आशमा सँधै घामकै पछि दगुर्छ मान्छे
राम नाम जप्दै हरपल दामके पछि दगुर्छ मान्छे
दाम, काम, घामसँगै सबचिज मिल्दा मिल्दै पनि-
कस्तो पागल झैं त्यही नामकै पछि दगुर्छ मान्छे!
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Pallawa.com.np)