तिमी बन्नु कुम खाँबो म बनुला धुरी खाँबो
नभन न तिमी मलाई तिम्रो माया यत्ति जाबो ।
म हिडुला खोलिखोलि तिमी हिड्नु तिरबाट
नभन न रिसको झोँकमा खसिदिन्छु भिरबाट ।
बरु खाउँला पिठो पिठो तिमी खानु खिरै खिर
नभन न तिमी मलाइ किन दिन्छौ पिरैपिर ।
तिमी गर्नु घरको काम म गरुँला मेला पात
नभन न झर्किएर छोडिदिन्छु तिम्रो साथ ।
तिमी बस्नु चक्लामाथि म बसुँला चकटीमा
नभन न तिमी मलाई बाँचेको छु छट्पटीमा ।
तिमी सुत्नु अटेलीमा म जाउँला पंधेरीमा
नभन न तिमी मलाइ भागिदिन्छु अँधेरीमा ।
म काटुँला डालीको घाँस तिमी काट्नु मुसे खरु
नभन न मेरो पिरले झुण्डिएर मर्छु बरु ।
मसेल, गोरखा
हाल : काठमाडौ
(स्रोत : Chakrapath )